आइतबार, साउन १२, २०८२

बाग्मती प्रदेशका सभामुख उम्मेदवार सायजुलाई तीन मत मात्रै

बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मत मात्रै प्राप्त गरेकी छन्।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

हेटौडा- बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मत मात्रै प्राप्त गरेकी छन्। 

सायजुलाई सभामुख बनाउनका लागि भएको प्रस्तावमा तीन मत मात्रै प्राप्त गरे पछि उनलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ।

सभामुख चयन गर्नका लागि आज बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा नेमकिपाका ३ प्रदेशसभा सदस्यले मात्रै मतदान गरेका थिए। उनलाई अन्य कुनै पनि दलवाट मत प्राप्त हुन सकेन। जारी बैठकमा सायुजुको विपक्षमा ९८ मत परेको थियो भने ७ जना सांसदले तटस्थ बसेका थिए।

प्रकाशित: Jan 13, 2023| 13:55 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...