सोमबार, साउन १३, २०८२

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए सपथ

मुख्यमन्त्रीको सपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा मुख्यमन्त्री गिरीलाई सपथ खुवाएका हुन्।

बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन परिसरमा सपथ लिए।

मुख्यमन्त्रीको सपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको सपथ खुवाए। मन्त्रीद्वयलाई हाल बिनाविभागीय नियुक्त गरिएको छ। दलहरुबीच भागबन्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन्। मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइए पनि प्रदेश प्रमुख शेरचन सपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए।

प्रकाशित: Jan 12, 2023| 16:00 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...