आइतबार, साउन १२, २०८२

बागमतीमा प्रदेश सभामुख बन्न तीन जनाको उम्मेदवारी

सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक, कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सिर्जना सैंजुले बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– बागमती प्रदेशसभाको सभामुख पदका लागि तीन जनाको उम्मेदवारी पेरको छ। सात दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन्।

नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैंजुले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाईं रहेका छन्। 

सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय दिउँसो २ः०० बजेसम्मका लागि तोकिएको थियो। बागमती प्रदेशसभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले बताए। प्रदेशसभामा ११० सांसद छन्। 

प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले बताए।

प्रकाशित: Jan 12, 2023| 14:58 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...