सोमबार, साउन १३, २०८२

बिनाविभागीय मन्त्रीलाई सुम्पिइँदै मन्त्रालय

गत ११ पुसमा विस्तार भएकोे मन्त्रिपरिषद्मा एमाले ३ र जनमत पार्टीका १ जना मन्त्रीलाई सपथ गराइए पनि मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– सात दलीय गठबन्धनबाट गत ११ पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो लटमा सहभागी बिनाविभागीय ४ मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइने भएको छ।

बिहीबार बस्ने तय भएको सात दलीय गठबन्धनको बैठकमा सहभागी शीर्ष नेतृत्वले बिनाविभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा दिने निर्णयमा सहमति जनाउने भएको हो। गत ११ पुसमा विस्तार भएकोे मन्त्रिपरिषद्मा एमाले ३ र जनमत पार्टीका १ जना मन्त्रीलाई सपथ गराइए पनि मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन।

सत्ता गठबन्धनको बैठकमा सहभागी एक मन्त्रीका अनुसार विभाग तय नभएका मन्त्रीहरूलाई मन्त्रालय जिम्मा लगाउन बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच कुरो मिलेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ। उक्त बैठकले बिनाविभागीय मन्त्रीहरुको मन्त्रालय टुंगो लगाउने बताइएको छ। हाल ८ सदस्यीय रहेको मन्त्रिपरिषद्लाई फैलाएर ३ राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्री बनाउन सकिने कानुनी व्यवस्था छ।

एमालेबाट मन्त्री बनेकी बारा ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राईले हाल बिनाविभागीय मन्त्रीको रुपमा काम गरिरहेका छन्। चन्द्रकान्त राउत (सीके) को जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानको पनि मन्त्रालय तोकिएको छैन।

प्रकाशित: Jan 12, 2023| 13:45 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...