आइतबार, साउन १२, २०८२

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– प्रदेश १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। बिहीबार प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावलीको नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी दिए।

सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु थिए।

यसैगरी सभामुख र उपसभामुखको शपथसम्बन्धी अनुसूची–२ मा भएको प्राविधिक त्रुटि सच्याउन प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधनसमेत) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मत अनुमोदन भएको छ। प्रदेशसभाको अर्को बैठक अपराह्न २ बजे बस्नेछ।

प्रकाशित: Jan 12, 2023| 12:58 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...