सोमबार, साउन १३, २०८२

प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जमकट्टेलबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन्। नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। आजको भेटमा बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको बताइएको छ।

प्रकाशित: Jan 12, 2023| 10:39 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...