सोमबार, साउन १३, २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बठैक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका मध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्।

एमालेका पौडेलले अर्थ, माओवादीका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्। दाहालले उनीहरूलाई मन्त्रालय भने तोकेका छैनन्।

यस्तै, आज सत्ता साझेदार दलहरूको बैठक पनि बस्दैछ। बिहीबार अपरान्ह ३ बजे बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Jan 12, 2023| 10:28 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...