काठमाडौं– कर्णाली प्रदेशमा मुख्यमन्त्रीको विषयलाई लिएर सत्तारुढ एमाले र नेकपा माओवादी केन्द्रबीच भइरहेको किचलो साम्य भएको छ। बुधबार एमाले–माओवादीबीच बसेको बैठकले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको हो।
सहमतिसँगै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन्। कर्णालीमा अब पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछि एमाले नेता यामलाल कँडेलको भागमा मुख्यमन्त्री पद सुम्पिइनेछ।