सोमबार, साउन १३, २०८२

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ एमालेका लीला गिरी नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले स्वतन्त्र २ सांसदसहित ७ पार्टीको समर्थन पाएका छन्।

गिरीले आज मात्रै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्तिका ४, जनता समाजवादीका ३, जनमतका ३, लोकतान्त्रिक समाजवादीका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदको समर्थन रहेको छ। लुम्बिनीको ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको बहुमत आवश्यक पर्छ।

प्रकाशित: Jan 11, 2023| 15:31 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...