सोमबार, साउन १३, २०८२

कांग्रेसले आफ्ना सांसदलाई भन्यो– ९ माघसम्म काठमाडौं नछाड्नू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ताको फल पाइने आशसहित कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिनाजानकारी काठमाडौं नछाड्न सांसदलाई ह्विप लगाएको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– संघीय सदनलाई प्रतिपक्षीविहीन बनाएर प्रजातान्त्रिक व्यवस्थाको खिल्ली उडाएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी ९ माघसम्म सांसद सदस्यहरूलाई काठमाडौं नछाड्न उर्दी जारी गरेको  छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ताको फल पाइने आशसहित कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिनाजानकारी काठमाडौं नछाड्न सांसदलाई ह्विप लगाएको हो। 

सरकारले संसद्मा लिएको विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन, बदलिँदो राजनीतिक परिस्थितिलगायतलाई दृष्टिगत गरी सांसदलाई काठमाडौं नछाड्न भनिएको सांसद वीरबहादुर बलायरले बताए। 

मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले संघीय संसद्मा असाधारण विश्वासको मत पाएका छन्। प्रतिपक्ष भनाउँदो कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएको छ। यद्यपि प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टी महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित ५ जना सांसदले असहमति जनाएका थिए।

प्रकाशित: Jan 11, 2023| 14:36 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...