राप्रपाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका राख्न माग गरेको छ। राप्रपा गोरखाले त्यहाँका मेयर कृष्ण रानालाई ज्ञापत्रपत्र बुझाउँदै नाम परिवर्तन गर्न माग गरेको हो।
मुलुक संघीय संरचनामा जानुअघि गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका नै थियो। राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले मेयर रानालाई बुझाएको ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक राखिएकोमा नगरपालिकालाई धन्यवादसमेत दिइएको छ।