सोमबार, साउन १३, २०८२

सभामुखको निर्वाचन माघ ५ मा

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन मितिबारे जानकारी गराएका हुन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन मितिबारे जानकारी गराएका हुन्।

साथै उनले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसदका महासचिव भरतराज गौतमलाई निर्देशन पनि दिएका छन्। प्रतिनिधिसभाको बैठक माघ ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा उनले २६८ मत पाएका छन्।

प्रकाशित: Jan 10, 2023| 17:46 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...