काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वासको मत आर्जन गरेका छन्। प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय हुँदा उनले २६८ मत पाएका हुन्।
प्रतिनिधिसभामा २७५ सदस्य रहेकोमा आजको बैठकमा २७० जना उपस्थित थिए। प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दिएका छन्।
प्रतिनिधिसभामा रहेका स्वतन्त्र सांसद्हरू प्रभु साह र अमरेशकुमार सिंहले पनि मत दिए। राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए।
प्रतिनिधिसभामा एक-एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले मात्रै प्रचण्डलाई विश्वासको मत दिएनन्। नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको विपक्षमा मतदान गरेका हुन्।