सोमबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सदनलाई प्रतिपक्षीविहीन बनाउनु निरंकुशता निम्त्याउने खेल : नेता चित्रबहादुर केसी

सदनलाई प्रतिपक्षीविहीन बनाउनु निरंकुशता निम्त्याउने खेल : नेता चित्रबहादुर केसी

प्रतिपक्षीले सत्तापक्षलाई समर्थन गर्नु नेपालमा डरलाग्दो र विचित्र खेल दृश्य देखिएको नेता केसीको टिप्पणी।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गर्ने प्रतिपक्षी कांग्रेसको निर्णयलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा डरलाग्दो र विचित्र दृश्य देखिएको टिप्पणी गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने सन्दर्भमा संसद्मा बोल्दै नेता केसीले सदनलाई प्रतिपक्षीविहीन बनाउनु निरंकुशता निम्त्याउनु रहेको बताएका हुन् ।

उनले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ। मैले जानेको संसदीय व्यवस्था त्यस्तो हो, नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ?’ अध्यक्ष केसीले संसद्मा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुने दाबी गरे। कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने आशंका उनले औंल्याए।

‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ। त्यसले जे मन लाग्यो त्यही गर्छ। सबैलाई सरकारमा लगेर विगतमा भएका आफ्ना गल्ती कमजोरी ढाक्ने, त्यहींभित्र कुस्ती खेल्दै एउटालाई पन्छाउने अनि अर्को फेरि सरकारमा आउने ताल होइन यो?’ उनले भने।

सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिंदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गर्दै उनले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति हुन सक्ने औंल्याए। त्यही खेल हुने आशंकाले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीको जुहारी परेको नेता केसीले दाबी गरे।

बोरामा पैसा लिएर चुनाव जितेर आएकाले सरकारमा गएर देशको प्राकृतिक साधन–स्रोत दोहन गर्नर  विगतमा भएका कमी–कमजोरीबाट बच्न सबै एक ठाउँ आएको हुन सक्ने केसीको अनुमान छ। राष्ट्रिय जनमोर्चा एक्लै भए पनि सदनमा प्रतिपक्षमा बस्ने उनले सुनाए।

प्रकाशित: Jan 10, 2023| 16:54 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...