सोमबार, साउन १३, २०८२

चौधरीको रिहाइमा सरकारले उच्च प्राथमिकता दियोस् : माधव नेपाल

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपालले भ्रष्टाचार नयाँ सरकारले रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने बताएका छन्।  विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपालले भ्रष्टाचार नयाँ सरकारले रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

'टीकापुर घटनाको सन्दर्भलाई पनि रेशम चौधरीलाई रिहाइ गर्ने प्रक्रियामा सरकारले उच्चतम् प्राथमिकतामा राखोस्,' उनले भने। 

उनले अबको सरकारले कुरा कम काम ज्यादा गर्नुपर्ने धारणा राखेका थिए। 'कुरा कम गरौं, काम धेरै गरेर देखाऔं, कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो, हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ,' उनले भने, 'त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं।'

ठूला कुरा गर्ने तर आफैँ भ्रष्टाचारको संरक्षणमा लाग्ने प्रवृत्ति बढेको भन्दै उनले नेपालमा भ्रष्टाचार ठूलो समस्या बनिसकेकोमा त्यसलाई रोक्नुपर्ने उनले बताएका थिए।

प्रकाशित: Jan 10, 2023| 15:35 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...