सोमबार, साउन १३, २०८२

कांग्रेसको समर्थनमा ओलीको आशंका

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन्। उनले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताए।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए। उनले भने- ‘जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल। यसभित्र भोलिका निम्ति अरु खालका केही कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ। किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन।’

एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले डेमोक्रेसीको नयाँ भाष्य बनाएको टिप्पणी पनि ओलीले गरे। प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति व्यंग्य गर्दै ओलीले देउवाले डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताएका हुन्। कांग्रेसले पनि विश्वासको मत दिएपछि संसद्‍मा अब प्रतिपक्षी नै नरहेको ओलीले बताए।

अध्यक्ष ओलीले देउवा नै संसद् विघटनको गुरू रहेको बताए। राजनीतिक घटनाक्रमलाई आफूअनुकूल व्याख्या गर्न नहुने ओलीको भनाइ छ।

‘१५ सालमा बनेको संसद्लाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन्। २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो, म होइन। गुरूजी, आफूले कति पटक संसद् विघटन गरियो? मेरा मित्रलाई म भन्न चाहन्छु–२०५८ साल असारमा संसद् विघटन गरेको तपाईंले होइन?’ उनले भने। देउवाले त्यसबेला संसद् विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद् विघटन गरेर जनतामा जाने काम प्रतिगमन नभएको उनको तर्क छ।

यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा बोल्दै सभापति देउवाले सोमबार ओलीले संसदमा गरेको सम्बोधनप्रति ध्यानाकर्षण भएको बताएका थिए। ‘संसद् विघटनको सवालमा केपी ओलीले गरेको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको बोलीपछि संविधानको रक्षाका लागि खरो रूपमा उभिने बेला आएको छ,’ देउवाले भनेका थिए।


प्रकाशित: Jan 10, 2023| 14:31 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...