काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा भाग लिँदै देउवाले सहमति र सहकार्य गर्दै अघि बढ्ने बताए।
अहिलेको निर्वाचन प्रणालीअनुसार सरकार निर्माण गर्न गठबन्धन आवश्यक भएको उनले बताए। उनले कांग्रेसले सरकारलाई स्थायित्वका लागि प्रचण्डलाई विश्वासको मत दिएको तर्क गरे।
देउवाले हिजोको संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। ओलीले सम्बोधनका क्रममा फेरि पनि संसद् विघटन गर्न सकिने आशयको अभिव्यक्ति दिएका थिए।