सोमबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वासको मत माग्दै प्रचण्डले भने– निषेधको होइन, विश्वासको राजनीति गर्छु

विश्वासको मत माग्दै प्रचण्डले भने– निषेधको होइन, विश्वासको राजनीति गर्छु

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्दै उनले हरेक ठूला राजनीतिक परिवर्तन आम सहमतिमै भएको स्मरण गरे।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निषेध होइन, विश्वासको राजनीति गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्दै उनले हरेक ठूला राजनीतिक परिवर्तन आम सहमतिमै भएको स्मरण गरे। 

दौरा सुरुवाल र कालो भादगाउँले टोपीमा सजिएर रोष्ट्रममा पुगेका प्रचण्डले दलहरु मिल्दा देश अगाडि बढेको र नमिल्दा संकट आएको बताए। संसद्मा पक्ष–प्रतिपक्ष नहुने उनले बताए।

प्रधानमन्त्री दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताए। दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन्। 

सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित आफूले विश्वासको मत मागेको पनि उनले बताए। नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम–लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको उनको तर्क छ।

दुवै धारका शक्तिहरू मिल्दा देश अगाडि बढेको पनि उनले बताए। दुई ध्रुवका शक्तिहरू नमिल्दा देश संकटमा पुगेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा राजनीति अगाडि बढ्नुपर्ने बताए।

देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए। प्रचण्डले भने, ‘नेपालमा समृद्धिका लागि सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन, विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ।’

यसपटक आफू आत्मस्वीकारोक्ति आएको उनले बताए। ‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं।’

उनले राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका बताए। उनले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको स्वीकारे। ‘त्यतिबेला मसँग न अनुभव थियो न टिम। विभाजित मनोदशा र पार्टीभित्रकै संघर्षमा म रुमल्लिएँ। सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आयो,’ उनले भने।

दोस्रो कार्यकालमा संविधान संशोधनमार्फत मधेशलाई विश्वासमा लिने कोशिस गरेको, स्थानीय तह निर्वाचन गरेको, लोडसेडिङ अन्त्य गरेको र राजनीतिक सहमतिको इमान्दार पालना गर्दै सत्ता हस्तान्तरण गरेको प्रचण्डले बताए।

प्रकाशित: Jan 10, 2023| 13:17 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...