मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बागमतीका मुख्यमन्त्री जमकट्टेलले लिए सपथ, राप्रपाको सरकारमा इन्ट्री

बागमतीका मुख्यमन्त्री जमकट्टेलले लिए सपथ, राप्रपाको सरकारमा इन्ट्री

मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार बिहान ९ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त दुई मन्त्रीलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको सपथ गराए।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो। मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैंले सम्हाल्नेछन्। 

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल धादिङको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा ‘क’ बाट निर्वाचित हुन्। नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ प्रदेशसभा ‘क’ र बिनाविभागीय मन्त्री थापा काठमाडौं ८ प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: Jan 10, 2023| 11:43 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...