मंगलबार, साउन १४, २०८२

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेसले एकपछि अर्को बैठक बोलाएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत दिने÷नदिने भन्नेबारे टुंगोमा पुग्न सकेन। 

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराही निवासमा बसेको पार्टी पदाधिकारी बैठकले थप छलफलका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गर्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका हुन्।

कार्यसम्पादन समितिको बैठक बिहान साढे ११ मा बस्ने गरी बैठक बोलाइएको हो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने÷ नदिने निर्णय गर्न कांग्रेसले एकपछि अर्को बैठक बोलाएको हो।

कांग्रेसभित्र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने/नदिने भन्नेमा नेताहरू विभाजित छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि मंगलबार नै संसदीय दल बैठक पनि बस्दै छ। बिहान ९ बजे बस्ने भनिएको संसदीय दलको बैठक चार घन्टा ढिलो गरी पर सारिएको दिउँसो १ बजेका लागि सारिएको छ।

प्रकाशित: Jan 10, 2023| 11:05 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...