मंगलबार, साउन १४, २०८२

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा बैठक दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा बैठक दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने कार्यसूची छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिने भनिएको कांग्रेस संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन।

बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा सिंहदरबार नआइपुग्दा बस्न नसकेको हो। संसदीय दलको बैठकअघि पदाधिकारी बैठक बसिरहेको छ।

प्रकाशित: Jan 10, 2023| 10:18 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...