मंगलबार, साउन १४, २०८२

विश्वासको मतबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो।

संसदीय दलको बैठक बस्नुअघि पदाधिकारी बैठक बस्नेछ। प्रधानमन्त्री प्रचण्डले मंलबार विश्वासको मत माग्दैछन्। दाहाल एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ जना सांसदको समर्थन लिनुपर्ने हुन्छ।

हिजो बसेको पहिलो संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए। साथै बेलुका नै उनले प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटी विश्वासको मत दिन अनुरोध गरेका थिए।


प्रकाशित: Jan 10, 2023| 08:17 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...