मंगलबार, साउन १४, २०८२

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्।

राप्रपाले पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने माग राख्दै आएको छ। सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ। सो कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए। उनको जन्म जयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।


प्रकाशित: Jan 09, 2023| 18:56 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...