मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संघीय प्रणालीले देशमा मन्त्री र सांसदको कारखाना खुलायो : अध्यक्ष केसी

संघीय प्रणालीले देशमा मन्त्री र सांसदको कारखाना खुलायो : अध्यक्ष केसी

गणतन्त्रका लागि लडेका नेताहरूबाटै गणतन्त्र जोखिममा रहेको नेताको केसीको दाबी।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताएका हुन्। 

‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीट्जरल्यान्ड हुन्छ भनेर संविधान बनाउँदाका बखत पानी खाँदै वकालत गरेको सुनेको थिएँ। भयो त्यस्तो?’ उनले भने, ‘देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदको मात्र हो।’ 

देशमा मन्त्री र सांसद धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब संघीयता नटिक्ने दाबी गरे। घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको निराशा बढेको दाबी गरे। गणतन्त्रप्रति जोखिम गणतन्त्रका लागि लडेका नेताहरूबाटै हुने उनको धारणा छ। 

प्रकाशित: Jan 09, 2023| 15:45 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...