बुधबार, साउन १५, २०८२

मिल्यो प्रदेशको भागबण्डा

दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकारको बाँडफाँट टुंगिएको छ। दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो।

सहमतिअनुसार गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ। बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ।

प्रदेशका अन्य मुख्य पदमा पनि दलहरुबीच भागबण्डा भएको छ। मधेस र कर्णाली प्रदेशसभा सभामुख एमालेले पाउनेछ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीले पाउने छ। यस्तै बागमती प्रदेशसभा सभामुख राप्रपाले लिने भएको छ।

प्रदेश १ र गण्डकीको उपसभामुख एमाले, बागमती र कर्णालीको उपसभामुख माओवादी, लुम्बिनीको उपसभामुख राप्रपा र मधेस प्रदेशको उपसभामुख जनमत पार्टीलाई दिने सहमति भएको छ। सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ।

प्रदेश १ को मुख्यमन्त्रीमा भने एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन्।

प्रकाशित: Jan 08, 2023| 21:31 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...