बुधबार, साउन १५, २०८२

सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

सिंहदरबारमा आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर रहेको बताएका छन्।

सिंहदरबारमा आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रधानमन्त्रीले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने प्रतिबद्धता पनि जनाएका थिए।

उनले सरकारका सचिवहरूसँगको छलफलमा पनि सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताएका थिए। उनले भने, ‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्। अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित काम गर्नुछ। त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ।’

सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको उनले बताए। सुशासनको कुरा राज्यको आमजिम्मेवारी भएको र यसमा सरकार गम्भीर रहेको बताए। उनले भने, ‘भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन। यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो। आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ। भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ। त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु।’

छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले उत्साहित भएको बताएका थिए। आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र विस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: Jan 08, 2023| 14:03 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...