बिहीबार, साउन १६, २०८२

गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको नेतृत्वबारे सहमति खोजिने

सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ। बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ। बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ।

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ। आजको बैठकमा कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति हुने बताइएको छ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन्। शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ। यद्यपि प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ।

प्रकाशित: Jan 08, 2023| 09:51 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...