बिहीबार, साउन १६, २०८२

सरकारलाई विश्वासको बारे लोसपाले आज निर्णय गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्ने बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरिनेछ। 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ। पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन। लोसपा यसअघिको पाँचदलीय गठबन्धनमा आबद्ध थियो।

प्रतिनिधिसभामा लोसपाबाट चार सांसद छन्। संसद्को नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ।

प्रकाशित: Jan 08, 2023| 07:30 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...