बिहीबार, साउन १६, २०८२

प्रचण्ड नेतृत्वको सरकारलाई असफल नबनाउने ओली प्रण

२६ पुसमा सरकारले विश्वासको मत लिनासाथ कांग्रेसले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर विरोध गर्ने ओली व्यंग्य।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– सात दलीय सत्ता गठबन्धनमा ठूलो भाग पाएका नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा एमालेबाट निर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदलाई निर्देशन दिँदै ओलीले भने, ‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो। सफल सरकार बनाउँछौं र त्यसका लागि उपयुक्त ढंगले गाइड गर्र्छौं। त्यसका लागि प्रचण्ड सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र नहोस्। सुशासन र विकासका लागि उचित र आवश्यक कदम चालोस्।

ओलीले २६ पुसमा सरकारले विश्वासको मत प्राप्त गर्नासाथ नेपाली कांग्रेसले पाँचै वर्ष प्रतिपक्षमा रहेर विरोध गर्ने बताए। कांग्रेसले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नु संवैधानिक हिसाबले अनुचित रहेको उनले दाबी गरे।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले सांसदलाई सचेत गराए। प्रशिक्षण दुई दिनसम्म चल्नेछ।

प्रकाशित: Jan 07, 2023| 15:47 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...