काठमाडौं- प्रतिपक्षी नेपाली कांग्रेसको सिंहदरबारस्थित कार्यालयमा संसदीय दलको बैठक बसिरहेको छ। शनिबार बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा सहभागी विभिन्न केन्द्रीय सदस्यले आफ्नो मत राख्ने क्रम जारी छ।
बैठकमा सहभागी नेता एवं सांसद प्रदीप पौडेलले संसदीय दलको बैठकमा अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको बताए। बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनको भनाइ छ।
पौडेलले संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको जानकारी दिए।