काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवै नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जानकारी दिएको हो।
भेटमा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच ४ मंसिरको चुनावअघि नै पार्टी एकता गर्ने तयारी थियो। दुई पार्टीबीचको एकता र सात दलीय गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो।