शनिबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रवक्ता पौडेल

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रवक्ता पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्‍मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्‍मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले सरकारले संसद्‍मा विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

अहिलेको सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको मन्त्री पौडेलले सुनाए। ‘वर्तमान सरकार केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छ। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यामा केन्द्रित भएर गतिशील रूपमा अगाडि बढिनेछ,’ उनले भने।

प्रकाशित: Jan 06, 2023| 12:55 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...