काठमाडौं– सात दलीय गठबन्धनमा रहेर केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई गुन लगाएको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आगामी सरकार निर्माणका लागि प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल थालेको छ।
बिहीबार सभापति देउवालाई भेट्न अध्यक्ष यादव धुम्बाराही निवास पुगेका हुन्। यादवले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लबिइङ गर्दै आएका छन्।
यादवले देउवासँग समसामयिक राजनीतिक अवस्था र मधेस प्रदेशमा सरकार निर्माणबारे छलफल गरेको बताइन्छ।