आइतबार, साउन १९, २०८२

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव पनि सहभागी

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच शीर्ष नेताबीच छलफल भएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच शीर्ष नेताबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्। सरकारमा जान तीन शर्त राखेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी छन्।

आजै प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहरदरबारमा भेटवार्ता भएको थियो। त्यसक्रममा उनले आफूलाई विश्वासको मत दिन अध्यक्ष नेपाललाई आग्रह गरेका थिए। प्रधानमन्त्रीले यही पुस २६ गते संसद्मा विश्वासको मत लिँदैछन्।

प्रकाशित: Jan 04, 2023| 17:15 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...