बुधबार, साउन २२, २०८२

सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेता चुनिए शाह

कैलाली २ को प्रदेशसभा ‘क’बाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुरसिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

धनगढी–सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा प्रदेशसभा सदस्य कमल शाह सर्वसम्मत चुनिएका छन्। कैलाली २ को प्रदेशसभा ‘क’बाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुरसिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्। 

कांग्रेस संसदीय दलको नेताका लागि ७ जना आकांक्षी रहेपछि प्रदेश समितिले बुधबार निर्वाचनमार्फत नेता चयन प्रक्रिया अघि बढाएको थियो। उम्मेदवारी मनोनय गर्दा शाहको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्वाचन समितिले सर्वसम्मत संसदीय दलको नेता चयन भएको घोषणा गरेको कांग्रेसका प्रदेश समिति उपसभापति तथा निर्वाचन समिति संयोजक लोकराज अवस्थीले बताए।

शाहलाई समर्थन गरेका प्रदेशसभा सदस्य बहादुरसिंह थापा र प्रस्तावक प्रकाश बहादुर देउवा पनि संसदीय दलको नेताका लागि आकांक्षी थिए। यसबाहेक कांग्रेस संसदीय दलका लागि प्रदेशसभा सदस्य दिवानसिंह विष्ट, मानबहादुर रावल, मेघराज खडका पनि आकांक्षी थिए। कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

प्रकाशित: Jan 04, 2023| 16:48 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...