बुधबार, साउन २२, २०८२

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड–नेता नेपालको भलाकुसारी

दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच सरकारमा सहभागिताबारे कुरा भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई  आफ्नो सरकारलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्।

प्रकाशित: Jan 04, 2023| 15:21 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...