शुक्रबार, साउन २४, २०८२

संघीय संसद् सचिवालले बोलायो २२ पुसमा सर्वदलीय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकाले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसका लागि सर्वदलीय बैठक डाकेका हुन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक बोलाएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकाले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसका लागि सर्वदलीय बैठक डाकेका हुन्।

बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँटलगायतका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाएका हुन्।

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व छ। पाँच स्वतन्त्र सांसद विजयी भ्एका छन्। सात दल मात्र राष्ट्रिय पार्टी बनेका छन्। 

संसदमा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन्।

प्रकाशित: Jan 02, 2023| 13:13 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...