शुक्रबार, साउन २४, २०८२

प्रधानमन्त्री प्रचण्डले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्। 

प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

आयोग पदाधिकारीसँग हालै सम्पन्न चुनावको समीक्षालगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्त सहभागी छन्।

छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन्।

प्रकाशित: Jan 02, 2023| 11:13 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...