शुक्रबार, साउन २४, २०८२

एकीकृत समाजवादीले सरकारमा जाने-नजानेबारे आज टुंगो लगाउने

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागीता जनाउने की नजनाउने भन्नेबारे आज निर्णय गर्ने भएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागीता जनाउने की नजनाउने भन्नेबारे आज  निर्णय गर्ने भएको छ। पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम सुरु भएको र सरकारमा सहभागीताबारे आज निर्णय हुने नेताहरूले बताएका छन्। 

सरकारबारे 'पर्ख र हेर'को नीति लिएको समाजवादीले स्थायी कमिटी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाइएको छ।

सरकारमा जानेबारे पार्टीमा दुई थरी मत देखिएको बताउँदै  पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले थप निर्णय गर्ने बताए। एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन्।

सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन्। तर, चुनाव हारेका र सांसद नरहेका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन्। 

प्रकाशित: Jan 01, 2023| 07:50 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...