शुक्रबार, साउन २४, २०८२

देउवा–प्रचण्डकै कारण गठबन्धन टुटेको नेकपा एसको निष्कर्ष

नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले गठबन्धन टुट्नुको मूल चुरोबारे बताएका हुन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पाँचदलीय गठबन्धन भत्किएको निष्कर्ष निकालेको छ।

शनिबार पार्टी कार्यालयमा बसेको नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले गठबन्धन टुट्नुको मूल चुरोबारे बताएका हुन्। 

सभापति देउवा र प्रचण्डकै कारण गठबन्धन टुटेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाको भनाइ छ। कांग्रेस सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भने पनि नमान्दाकै परिणाम गठबन्धन टुटेको उनले बताए।

प्रचण्डले कांग्रेस सम्मिलित गठबन्धन छाडेर एमालेतिर जान लागेको विषय पार्टी अध्यक्ष नेपालको जानकारीमा रहेको उनले दाबी गरे। बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको कुरा आफूले खबर पाएको उल्लेख गरे। तर त्यसपछि प्रचण्ड अकस्मात ओली निवास बालकोट गएको र आफूसँग कुनै सल्लाह नभएको नेता नेपालले दाबी गरे। 

प्रकाशित: Dec 31, 2022| 15:26 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...