शुक्रबार, साउन २४, २०८२

भाषण कम, काम बढी : प्रधानमन्त्री प्रचण्ड

बाँकी जीवन सुशासन र विकासका लागि समर्पित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रण।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– प्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण कम र काम धेरै गर्ने बताएका छन्।

शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन गर्दै प्रचण्डले भाषणभन्दा काम बढी गर्ने बताएका हुन्।

उनले भने, ‘बाँकी जीवन सुशासन र विकासका लागि समर्पित गर्ने भनेको छु। अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। कार्यकालभर भाषण कम, काम धेरै र जनताको सेवा गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु।’ यसका लागि हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने योजना बुनेको प्रधानमन्त्री प्रचण्डले सुनाए।

भ्रष्टाचार र बेथिति अन्त्य गरेर सुशासन कायम गर्न पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरिएको र जनतालाई सास्तीबाट मुक्त राख्ने प्रयासमा निरन्तर डटिरहने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: Dec 31, 2022| 14:59 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...