शुक्रबार, साउन २४, २०८२

बालुवाटारमा प्रचण्ड भेटेलगत्तै बालकोट हानिए गृहमन्त्री लामिछाने

एमाले अध्यक्ष निवास बालकोटको बार्दलीमा गृहमन्त्री लामिछाने र सत्ता संयोजक ओलीबीच गठबन्धनको भागबन्डादेखि गृह प्रशासन सञ्चालनबारे छलफल।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला चर्चामा छ।

सात दलीय गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्रीको जिम्मा पाएका उक्त पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका संयोजक एमाले अध्यक्ष केपी ओलीलाई तारन्तर भेटिरहेका छन्।

शनिबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री निवास बालुटावारमा भेटेका लामिछानेले त्यसलगत्तै बालकोट पुगेर ओलीसँग गठबन्धनलाई कसिलो बनाउने र जनतालाई सहज सेवा दिने प्रक्रियाबारे छलफल गरेका हुन्।

बालकोट बार्दलीमा ओली र लामिछानेबीच सबै विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गठबन्धनको भागबन्डादेखि सरकारको काम गराइको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो।

एमाले अध्यक्ष ओलीले लामिछानेलाई गृहमन्त्रीका रूपमा आफूले गरेको  कामको अनुभव साटासाट गरेका थिए। ओली स्व. मनमोहन अधिकारीको प्रधानमन्त्री काल २०५१ मा गृहमन्त्री भएका थिए। 

सरकारको नीति तथा कार्यक्रम र यसको प्रभावकारिताबारे  एमालेका अध्यक्षसँग छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: Dec 31, 2022| 13:28 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...