शुक्रबार, साउन २४, २०८२

आज पनि मेलमिलाप आवश्यक छ : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले अंगालेको मेलमिलाप आज पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले अंगालेको मेलमिलाप आज पनि उत्तिकै आवश्यक रहेको बताएका छन्। शनिबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा 'पलिटिकल डिवेट फोरम'ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वीपीका असल विचार कांग्रेसमात्र नभइ कम्युनिस्टहरूका लागि पनि उत्तिकै उपयोगी हुने बताए।

'कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ, यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो। त्यसपछि पनि कांग्रेस मेलमिलापकै बाटोमा थियो। प्रचण्डजीले लोकतान्त्रीक-बाम गठबन्धनलाई धोका दिनुभयो। त्यो मेलमिलाप विपरित भयो', उनले भने। मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दल गत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उनी बताउँछन्।

राजनीतिलाई सत्ता प्राप्तिको खेलमामात्र परिणत गर्दा त्यसले सही नतिजा नदिने नेता महरको भनाइ छ। 'कांग्रेससँग वीपीले आफूमाथि आठ-आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको गर्विलो इतिहास् छ। त्यो इतिहासलाई साक्षी राखेर भए पनि कांग्रेसले इमान्दारिता र मेलमिलापका लागि कसैसँग गद्दारी गर्दैन। सत्ता प्राप्तिकै लागि कसैलाई धोका दिँदैन,' उनले भने।

अहिले नेपाली राजनीतिमा इमान्दारिताको खडेरि रहेको औंल्याउँदै नेता महरले त्यसको परिपूर्ति गर्न नेताहरूमा मेलमिलापको भावना हुनुपर्ने बताए। अहिले पार्टीभित्र वीपी विचार ओझेलमा पर्दै गएको होकी भन्ने बाहिरि रूपमा देखिए पनि भित्रि रूमा त्यो नभएको उनले बताए। उनले आफूहरू युवा नेता वीपी पथमै अग्रसर रहेको उनी बताउँछन्।

वि.सं. २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।

प्रकाशित: Dec 31, 2022| 12:11 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...