शुक्रबार, साउन २४, २०८२

प्रधानमन्त्री प्रचण्ड चितवन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन जाने भएका हुन्।

प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन्।

बिहान ८:२० बजे उनी आउने भनिए पनि मौसम नखुलेको र हुस्सु लागेको कारणले केही ढिला हुने चितवन प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीले बिहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ। 

प्रकाशित: Dec 31, 2022| 10:05 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...