शुक्रबार, साउन २४, २०८२

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार पुगेका छन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार पुगेका छन्। अध्यक्ष ओली शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। 

दुई नेताबीच अहिले भटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन्। 

बिहीबार मात्रै सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा बसेको थियो। बैठकले सरकारमा रहेका दलबीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको थियो। उक्त संयन्त्रको संयोजक ओली छन्। 

बिहीबारको बैठकले अबको ५ दिनभित्र सरकार न्यूनतम् साझा कार्यक्रम ल्याउने समेत निर्णय गरेको थियो। न्यूनतम् साझा कार्यक्रम मस्यौदा समितिको संयोजकमा एमाले उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल छन्। 

प्रकाशित: Dec 30, 2022| 09:57 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...