शनिबार, साउन २५, २०८२

माघ १५ भित्र निर्वाचन समीक्षा बुझाउन एमाले मोरङको निर्देशन

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुध्रिढिकरणमा लाग्ने निर्णय गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

विराटनगर– नेकपा एमाले मोरङले आगामी माघ १५ भित्र निर्वाचनको समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। विराटनगरमा बुधबार बसेको जिल्ला कमिटीले बैठकले मंसिर ४ गते सम्पन्न 

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुध्रिढिकरणमा लाग्ने निर्णय गरेको छ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय समेटेर आगामी दिनमा ध्यान दिनुपर्ने विषयका सुझावसहित टोल, वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रको पूर्ण बैठकबाट समिक्षा प्रतिवेदन बुझाउन निर्देशन गरेको छ। ६ प्रतिनिधि सभा र १२ प्रदेशसभा रहेको मोरङमा एमाले प्रतिनिधिसभामा एक क्षेत्र र प्रदेशसभामा ५ क्षेत्रमा निर्वाचित भएको थियो। 

जनसंगठन समन्वय संयन्त्रअन्तर्गत मोरङमा क्रियाशील सबै जनसंगठनको कार्ययोजना निर्माण गर्दै आगामी चैत्र मसान्तसम्ममा पालिका र जिल्ला तहमा सम्मेलन÷ अधिवेशन अनिवार्य गर्नुपर्ने निर्णय बैठकले गरेको छ।

यसअन्तर्गत वैधानिक प्रक्रिया पूरा गर्न नसक्ने जनसंगठनहरूलाई सम्बन्धित जनसंगठनको केन्द्रसँग समन्वय गरी अवस्थाबारे अद्यावधिक गर्ने गराउने निर्णय समेत गरेको छ।  एमाले मोरङले पार्टी सदस्यता अनलाइन अद्यावधिक र नवीकरण फागुन मसान्तसम्म अनिवार्य गरिसक्नुपर्ने निर्णय गरेको छ। मोरङको हकमा दुई वर्ष (२०७९ र २०८०) को अभियानको रूपमा अघि बढाउन समेत बैठकले निर्देशन गरेको जिल्ला अध्यक्ष पोखरेलले बताए। 

पार्टीभित्रको कार्यविभाजनलाई पूनः व्यवस्थापन गर्न, विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्न सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, विषयगत विभागहरू र कार्यालय व्यवस्थापनसहितको प्रस्ताव तयार गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी दिएको छ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर राजीनामा दिने, सार्वजनिक गैरअभिव्यक्ति, बागी, विद्रोहीका रूपमा आफूलाई गैरजिम्मेवार प्रदर्शन गर्ने तर आलोचना र आत्मालोचना नगर्नेको हकमा पार्टी सदस्यता निलम्बन गर्दै माथिल्लो कमिटीलाई सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ।

जिल्ला प्रतिनिधि परिषद्को बैठक फागुन मसान्तसम्म अनिवार्य गर्ने निर्णय गरेको एमाले मोरङले फागुन ७ गते विराटनगरमा हुने नेपाल राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न गर्न आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरेको छ।

प्रकाशित: Dec 28, 2022| 21:39 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...