शनिबार, साउन २५, २०८२

बालुवाटारको तालाचाबी गंगा दाहालको हातमा

बालुवाटारको चाबी प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन्। प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन उनी ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन्। 

बालुवाटारको चाबी प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन्। उनलाई सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका थिए।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानमात्रै बालुवाटार छोडेका थिए। आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए। उनले पहिलोपटक दौरा सुरुवालमा शपथ लिएका थिए। दाहाल यसअघि २०६५ र २०७३ मा ९-९ महिना प्रधानमन्त्री बनेका थिए।

प्रकाशित: Dec 28, 2022| 19:36 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...