काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन्। यादव बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन्। जसपा संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए।
सरकारको सहभागिता विषयमा निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक पुस १८ र १९ मा बस्ने भएको छ। सोही बैठकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको निर्णय गर्नेछ।