काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि ओली पहिलोपटक खुमलटार पुगेका हुन्। उनको खुमलटारमा भव्य स्वागत गरिएको छ। ओलीलाई प्रचण्ड पुत्री गंगा दाहाललगायतले स्वागत गरेका छन्।