काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन्। प्रचण्डलाई भेट्न ओली खुमलटार जाने बताइएको छ।
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि ओली पहिलोपटक खुमलटार जान लागेका हुन्। प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन्।
ओलीसँग भेट्नुअघि आज बिहान प्रचण्डले नेपालसँग छलफल गरेका थिए। छलफलमा उनले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। आज बिहान नै प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।